परिचय

शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास, बस्ती विकास, आवास ब्यबस्था, भवन सम्बन्धी स्थानीय वास्तुकला, स्थानीय भवन निर्माण प्रविधि, आधुनिक र बैकल्पिक निर्माण सामग्री र निर्माण प्रविधिको अध्ययन र गुणस्तर एबम उपयुक्तता परीक्षण र प्रवर्द्धन गर्न, सो सम्बन्धी शोध, अध्ययन अनुसन्धान गर्न, बिल्डिंग एण्ड आर्किटेक्ट उपसमूहका प्राविधिकहरुलाई सेवासँग सम्बन्धित क्षमता अभिवृत्ति गर्ने तालिमहरु संचालन गर्ने प्रतिबद्ध कार्यालय स्थापना गर्नुपर्ने महशुस गरी मिति २०७९/०१/13 को मन्त्रीपरिषद्को निर्णय बमोजिम यस "राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र" स्थापना भएको हो ।